दफा ३२
प्रमाण उपलब्ध उपलब्ध गराउने
: (१) विदेशी राज्यले दफा १९ बमोजिम कुनै कागज, प्रमाण, सूचना वा वस्तु उपलब्ध गराउन अनुरोध गरेको भए र कानून बमोजिम त्यस्तो कागज, प्रमाण, सूचना वा वस्तु उपलब्ध गराउन सकिने भएमा सम्बन्धित अधिकारी वा अदालतले त्यस्तो कागजात, प्रमाण, सूचना वा वस्तुको प्रमाणित प्रति पठाउने आदेश गर्नु पर्नेछ ।
(२) विदेशी राज्यले उपदफा (१) बमोजिमको कागज, प्रमाण वा सूचनाको सक्कल प्रति वा वस्तु नै उपलब्ध गराउन अनुरोध गरेको भए सम्बन्धित अधिकारी वा अदालतले त्यस्तो कागज, प्रमाण वा सूचनाको प्रमाणित प्रति राखी सक्कल प्रति नै पठाउन आदेश गर्न सक्नेछ र वस्तु भए सोको विवरण उल्लेख गरिएको अभिलेख राखी त्यस्तो वस्तु उपलब्ध गराउनेछ ।
(३) विदेशी राज्यबाट कुनै वस्तु खानतलासी गर्न वा कब्जामा लिन अनुरोध भई आएको रहेछ भने सम्बन्धित निकायले कानून बमोजिम खानतलासी गर्न वा वस्तु कब्जामा लिनु पर्नेछ ।
(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै कसूरको सम्बन्धमा कुनै वस्तु खानतलासी गर्न वा कब्जामा लिन अनुरोध गरिएकोमा नेपाल र अनुरोध गर्ने विदेशी राज्य दुवैको कानून बमोजिम सो कार्य कसूर नमानिने भएमा त्यस्तो वस्तु खानतलासी वा कब्जाको अनुरोधलाई अस्वीकार गर्न सकिनेछ ।